माओवादी केन्द्रका नेता अनिल शर्माको नेतृत्वमा भूकम्प पिडितको लागि न्यानो अभियान
पढ्न लाग्ने समय 1 मिनेट
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम धुलिखेल नगर इन्चार्ज अनिल शर्माको नेतृत्वमा भूकम्प पिडितको लागि न्यानो अभियान सन्चालनमा ल्याउनुभएको छ। भूकम्प प्रभावित जाजरकोट र पश्चिम रूकुममा चिसो बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै न्यानो अभियान अन्तर्गत दुवै जिल्लामा वितरण हुने गरि १००/१०० वटा बाक्लो सिरक(Quilt) पठाइएको हो। सो कार्यको लागि अमेरिकामा रहनुभएका NRNA अमेरिकाका सँरक्षक एवम जनप्रगतिशील मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष तिलक केसीले १०० वटा सिरक सहयोग गर्नु भएको छ। न्यानो अभियान मार्फत सोमबार सम्म रू दुई लाख बैसठ्ठी हजार पचपन्न रूपैयाँ संकलन भएको छ।
भूकम्प पीडितलाई सहयोग गर्नका लागि प्रभावित जिल्लामा जान भन्दा पनि जो जहाँ छ त्यहीवाट पनि संकलन गरेर पठाउन सकिन्छ भन्ने सन्देश आफुहरुले प्रवाह गरेको शर्माले जानकारी दिनुभयो। अझै पनि राहत संकलनका लागि निरन्तर सहजीकरण भईरहेको शर्माले जानकारी दिनुभयो।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस