• बुधबार कार्तिक-१२-२०८३

विज्ञान–प्रविधिमा लगानी बढाउन महावीर पुनको जोड

पढ्न लाग्ने समय 1 मिनेट

 प्रतिनिधि सभा सदस्य महावीर पुन ले नेपालको अर्थतन्त्र सुदृढ बनाउन विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशको दीर्घकालीन विकासका लागि अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित लगानी आवश्यक रहेको औंल्याए। “मेरो अहिलेसम्मको सङ्घर्ष र अभियान भनेकै नेपालको अर्थव्यवस्था सुधार्नु हो,” उनले भने, “यसका लागि विज्ञान र प्रविधिलाई नम्बर एक प्राथमिकतामा राखेर अनुसन्धान र नवप्रवर्तनमा विशेष लगानी गर्नुपर्छ।”
उनले विज्ञान–प्रविधिको विकासका लागि छुट्टै कोष स्थापना र सशक्त मन्त्रालय गठन गर्नुपर्ने आवश्यकता समेत औंल्याए। उनका अनुसार, यस्तो संरचनाले अनुसन्धान तथा नवप्रवर्तनलाई व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्नेछ।
राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक समेत रहेका पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको महत्व बुझ्न आवश्यक रहेको बताए। “यदि विज्ञान र प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने थाहा छैन भने, म यही संसदमा एक घण्टासम्म भाषण दिन तयार छु,” उनले भने।
उनको भनाइले नेपालमा दिगो आर्थिक विकासका लागि विज्ञान र प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बहसलाई पुनः केन्द्रमा ल्याएको छ।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑