• बुधबार कार्तिक-१२-२०८३

वीर अस्पतालमा 'एक्सरे फिलिम' नहुँदा सिटी स्क्यान सेवा ठप्प

पढ्न लाग्ने समय 1 मिनेट

CT अर्थात कम्पियुटेड टोमोग्राफी जुन उपकरणले विरामीहरूको भित्री अङ्गहरूको एक्सरेको माध्यमवाट आकृति बनाउँदा यो उपकरणलाई कम्प्युटरलर नियन्त्रण गर्छ र आकृति कम्प्युटर स्क्रिनमा हेर्न सकिने छ। यो उपकरण द्रुत गतिमा चारै दिशामा घुमेर शरिरको भित्रको बुझिने  आकृति बनाउँछ। CT सन्चालनको लागि 'एक्सरे फिलिम' आवश्यक पर्दछ जसको काम रेडियोग्राफी आकृति बनाउनु हो। सिटिस्क्यानको लागि १४ इन्च लम्बाई र १६ इन्च चौडाइको फिल्म आवश्यक पर्दछ। यो फिलिम नहुँदा मुलुकको जेठो वीर अस्पतालमा सिटिस्क्यान सेवा ठप्प भएको हो। सिटिस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी सेवाबाट बन्चित भएका हुन्। अस्पताल प्रशासनका अनुसार सप्लायर्सलर 'एक्सरे फिलिम' उपलब्ध नगराउदा सेवा एक हप्ता देखि ठप्प भएको हो।
  वीर अस्पतालको सिटिस्क्यान मेसिनमा समस्या आएको यो पहिलो घटना होइन। यस अघि पनि यो मेसिनमा बारम्बार यस्तै समस्या आएको थियो। बेलैमा स्टक राख्नु पर्ने फिलिम स्टक नराखेर प्रशासन भने वितरक र अर्थ मन्त्रालयलाई दोष दिइरहेको छ। वीर अस्पतालमा सिटिस्यान गरेको २५ सय देखि ४ हजारसम्म पर्दछ भने निजीमा यहि सेवाको १० हजार सम्म पर्दछ।सानो सानो कुरामा नि राजनितिक हस्तक्षेप गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले यस्तो संवेदनशील कुरामा चाहिँ ध्यान नदिँदा सेवाग्राहीहरूले सरकारसँग दुख ब्यक्त गरे।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑