• बुधबार कार्तिक-१२-२०८३

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्तिको लागि गरिएको विज्ञापन विवादमा

पढ्न लाग्ने समय 1 मिनेट

मेडिकल फिजिक्स विषयमा चीन सरकारबाट प्राप्त छात्रवृत्तिमा आवेदन दिन चिकित्सा शिक्षा आयोगबाट माग गरेको विज्ञापनमा विवादस्पद बनेको छ। उक्त कार्यक्रममा आवेदन दिनको लागि योग्यता MECEE-PG 2022 को नतिजामा MSc. MIT कार्यक्रमको योग्यताक्रममा रहेको हुनुपर्ने बताइएको छ।
   जबकि मेडिकल फिजिक्स विषय भौतिकशास्त्र अन्तर्गत एपलाइड फिजिक्समा पर्दछ। उक्त विज्ञापनमा आवेदन दिनबाट भौतिक विज्ञानमा स्नातक र स्नातकोत्तर गरेकाहरु बन्चित भएका छन्।
   जबकि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) लगाएत अन्य अन्तर्राष्ट्रिय संस्थाहरुको मापदण्ड अनुसार मेडिकल फिजिक्स विषय अध्ययन गर्नको निम्ति भौतिक विज्ञानमा स्नातक र स्नातकोत्तर गरेको हुनुपर्दछ। उक्त विज्ञापनको लागि आवेदन दिने मापदण्ड MECEE PG को योग्यताक्रममा रहेको नभई विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत भौतिक विज्ञानमा स्नाकोत्तर अध्ययनको लागि योग्यताक्रममा रहेको वा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिनुपर्ने विज्ञहरुको सुझाव छ। साथै यो विज्ञापन तुरुन्त संशोधन गरि भौतिक विज्ञान अध्ययन गरेकाले आवेदन दिन मिल्ने गरि पुनः प्रकाशित गर्न हाल विभिन्न अस्पतालहरुमा कार्यरत मेडिकल फिजिसिस्टहरूले माग गरेका छन।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑