• बुधबार कार्तिक-१२-२०८३

नेपाल केमिकल सोसाइटीको वार्षिक साधारण सभा बैशाख १८ मा, नयाँ नेतृत्व चयन हुने

पढ्न लाग्ने समय 1 मिनेट

 नेपाल केमिकल सोसाइटीले आफ्नो वार्षिक साधारण सभा आगामी २०८३ साल बैशाख १८ गते शुक्रबार बिहान १०:०० बजे बनस्पति विभाग, थापाथली, काठमाडौंमा आयोजना गर्ने भएको छ। सोसाइटीले एक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा सोसाइटीसँग आवद्ध महानुभावहरूलाई सभामा सहभागिताका लागि आह्वान गरेको छ।
सोही अवसरमा सोसाइटीको नयाँ कार्यकारिणी समितिको निर्वाचन पनि सम्पन्न गरिने जनाइएको छ। यससँगै, नेतृत्व चयन प्रक्रिया समेत औपचारिक रूपमा अघि बढ्नेछ।
निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि इच्छुक सदस्यहरूले २०८३ साल बैशाख १० गतेभित्र आजीवन सदस्यता लिइसकेको हुनुपर्ने प्रावधान राखिएको छ।
नयाँ सदस्यता लिन चाहनेहरूका लागि सोसाइटीले आवश्यक प्रक्रिया समेत स्पष्ट पारेको छ। इच्छुक व्यक्तिहरूले सोसाइटीको वेबसाइटमा उपलब्ध सदस्यता फारम भरी कृषि विकास बैंकको रत्नपार्क शाखामा रहेको बचत खाता नम्बर ०२०९५००१५६४०८०४२ मा आजीवन सदस्यताको लागि रु. ३५०० जम्मा गर्नुपर्नेछ। भुक्तानीको प्रमाणस्वरूप स्क्रिनसट सोसाइटीका कोषाध्यक्ष माधव गौतम (९८५११९१३१४) वा सचिव डासुराम पौडेल (९८४९८८८८६४) मध्ये कुनै एकलाई पठाउन सकिनेछ।
सोसाइटीले सबै सदस्य तथा सम्बन्धित सरोकारवालाहरूलाई समयमै सदस्यता प्रक्रिया पूरा गरी साधारण सभा तथा निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑