वरिष्ठ भौतिकशास्त्री प्रा. डा. जीवन ज्योति नकर्मीको निधन
पढ्न लाग्ने समय 1 मिनेट
नेपालका अनुभवी तथा अग्रज भौतिकशास्त्री प्राध्यापक डा. जीवन ज्योति नकर्मीको वैशाख ७ गते दुःखद निधन भएको छ। कोभिड–१९ संक्रमणपछि मिर्गौलासम्बन्धी समस्या देखिएका उहाँको नियमित डायलासिस हुँदै आएको थियो।
ललितपुरको ग्वार्को निवासी डा. नकर्मीले त्रिभुवन विश्वविद्यालयबाट थेउरिटिकल फिजिक्समा नेपालमै पहिलो पटक पीएचडी उपाधि हासिल गर्नुभएको थियो। प्लाज्मा फिजिक्समा विशेष रुचि राख्ने उहाँ स्वास्थ्य रहुञ्जेल प्राध्यापनमा सक्रिय रहनुभएको थियो।
डा. नकर्मीले पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, सेन्ट जेभियर्स कलेज माइतीघर तथा गोल्डेनगेट कलेजमा एनएफसी भौतिकशास्त्र अध्यापन गर्नुभएको थियो। उहाँको निधनप्रति देश तथा विदेशमा रहेका भौतिकशास्त्रीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
विद्यार्थीहरूका अनुसार उहाँले Mathematical Physics, Electrodynamics तथा Plasma Physics विषयहरू अध्यापन गर्नुका साथै विद्यार्थीहरूको शैक्षिक तथा अनुसन्धान क्षमताको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो। पछिल्लो समय सैद्धान्तिक भौतिकशास्त्रलाई उद्यमशीलतासँग जोड्नुपर्ने धारणा राख्दै राज्यको उदासीनताप्रति उहाँ असन्तुष्ट रहनुहुन्थ्यो।
विद्यार्थीलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उहाँको विशेषता थियो भने Matlab मा पनि उहाँको राम्रो दख्खल रहेको बताइन्छ।
नेपाल भौतिक विज्ञान समाजका आजीवन सदस्य तथा पूर्व अध्यक्षसमेत रहनुभएका डा. नकर्मीले नेपालको भौतिक विज्ञानलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।उहाँको निधनले नेपाली वैज्ञानिक समुदायलाई अपूरणीय क्षति पुगेको छ।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस