सगरमाथा संवादमा प्रधानमन्त्री ओलीको सम्बोधन: "जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, वर्तमानको ठुलो चुनौती"
पढ्न लाग्ने समय 1 मिनेट
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई अब भविष्यको टाढाको खतरा नभई वर्तमान समयको सबैभन्दा ठूलो चुनौतीको रूपमा परिभाषित गरेका छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘सगरमाथा संवाद’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पृथ्वी, जनजीवन र समृद्धिमा प्रत्यक्ष असर पारिरहेको बताए। उनका अनुसार, जलवायु संकट अब कुनै टाढाको सैद्धान्तिक बहसको विषय नभई प्रत्यक्ष अनुभूत भइरहेको गम्भीर समस्या हो।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्वभरका समाजहरू असुरक्षित भइरहेका र त्यसको असरबाट कुनै पनि देश वा समुदाय पूर्णरूपमा सुरक्षित नरहेको स्पष्ट गरे। उनका अनुसार, "नेपालले जलवायु परिवर्तनमा न्यूनतम योगदान दिए पनि यसको प्रभाव नेपालमै सबैभन्दा बढी देखिएको छ।"
नेपाल जस्तो सानो तथा हिमाली भूगोल भएको देशमा जलवायु परिवर्तनका असरहरू—हिमनदीहरू पग्लनु, बाढी, पहिरो, कृषिमा असर, जैविक विविधताको क्षति आदि—धेरै गम्भीर रूपमा देखापरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले वातावरण संरक्षणमा नेपालको भूमिका उल्लेखनीय रहे पनि त्यसले नेपाललाई जलवायु संकटबाट जोगाउन नसकेको दुःख व्यक्त गरे।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनविरुद्धको साझा संघर्षमा एकजुट हुन आह्वान गर्दै जलवायु न्याय र उत्तरदायी भूमिकाको आवश्यकता औंल्याए। नेपालले सधैं वातावरणीय संरक्षणमा विश्वसमक्ष सकारात्मक उदाहरण पेश गर्दै आएको भन्दै उनले जलवायु अनुकूल नीति र नवप्रवर्तनात्मक उपायमा जोड दिए।
सगरमाथा संवाद सम्मेलन विश्वभरका नीति निर्माता, वैज्ञानिक, वातावरणविद् र समाजका नेतृत्वकर्ताहरूको साझा छलफलको मंच हो, जसमा जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी प्रणाली र दिगो विकासका विषयमा विचार विमर्श गरिन्छ। सम्मेलनको उद्देश्य हिमाली क्षेत्रका चासो र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनु हो।
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी, राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
-
नेपाली वैज्ञानिक डा. भीष्म कार्की पुनः विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
-
२०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
-
केयुका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन
-
धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने प्रविधि जडान





प्रतिकृया दिनुहोस